नियम १८२
पेश्की दिने र फछ्र्यौट गर्ने
(१) यस नियमावली बमोजिम पेश्की लिनु पर्दा कुन
कामको निमित्त के कति रकम चाहिने हो त्यसको विवरण पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमाोजिम प्राप्त विवरणको आधारमा अधिकार प्राप्त
अधिकारीले सम्बन्धित कामको लागि आवश्यक पर्ने रकमभन्दा बढी नहुने गरी पेश्की
लिने कर्मचारीको हकमा पद र प्रयोजन तथा गैर कर्मचारीको हकमा त्यस्तो व्यक्तिको
तीन पुस्ते, स्थायी र अस्थायी ठेगाना समेत स्पष्ट लेखी पेश्की दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दिएको पेश्की यस नियमावलीमा तोकिएको
म्यादभित्र तोकिएको कार्यविधि अपनाई फछ्र्यौट गर्नु वा गराउनु पेश्की लिने दिने दुवै
थरीको कर्तव्य हुनेछ । सम्बन्धित स्थानीय निकायमा पेश्की रकमको बील भरपाई
सहितको विवरण प्राप्त भएपछि पन्ध्र दिनभित्र स्थानीय निकायले फछ्र्यौट गरिसक्नु
पर्नेछ । फछ्र्यौट गर्दा बजेटले नपुगेमा प्राप्त बील भरपाई जा“ची भुक्तानी दिनु पर्ने अड्ढ
ठहर्याई, भुक्तानी दिन बाँकी कच्चावारीमा चढाउनु पर्नेछ ।
(४) नियम १८५ बमोजिम दिएको पेश्की ठेक्का सम्झौतामा उल्लेख भए
बमोजिमको प्रतिशतमा तालिका बनाई प्रत्येक रनि· बीलबाट कट्टा गर्ने जिम्मेवारी
अधिकार प्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ । विदेशी सरकार
वा संस्थास“ग भएको सम्झौतामा यस सम्बन्धमा छुट्टै व्यवस्था भएकोमा सोही बमोजिम
गर्नु पर्नेछ ।